हिन्दुस्तान टाइम्सले मधेसलाई उचाल्दै लेख्यो”नेपाल-भारत सम्बन्ध देखावोटी- ओलीलाई स्वागत गर तर साबधान!” –

नेपालका प्रधानमन्त्रीको भ्रमणलाई दिल्लीले सबै राम्रो हुदैँछ भनेर देखाउने संकेतका रुपमा लिएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार ६ दिने दिल्ली भ्रमणका लागि भारत आइपुगेका छन् । दुई देशबीचको सम्बन्धमा तिक्तता देखिएको बेला उनको भ्रमण भएको छ । बितेको ६ महिना काठमाडाँैले दिल्लीलाई आफ्नो सार्वभौमसत्ता, संविधान निमार्णको प्रक्रियामा हस्तक्षेप गरेको र नाकाबन्दी लगाएर मानविय संकट उत्पन्न गराएको आरोप लगाएको छ । त्यस्तै तराईमा जारी आन्दोलनमा भारतले सहयोग गरेको काठमाडौँको आरोप छ । भारत विरुद्धको यो अन्तर्राष्ट्रिय अभियान नै हो । यसका लागि काठमाडौँले अन्य देशका राजधानीको पनि सहभागिता खोज्यो ।
नयाँ दिल्लीले काठमाडौँलाई मधेसमा जारी आन्तरिक द्धन्द्धलाई सम्बोधन नगरेको आरोप लगायो । भारत र नेपालबीच खुला सिमाना छ । दिल्लीले नेपालमा भइरहेको मानवअधिकार हननको विषयलाई अन्तर्राष्ट्रिय मन्चमा समेत उठायो । चाईना कार्ड प्रयोग गर्ने प्रयासबाट चिन्तित नभएपनि नेपालमा भारत विरोधी सेन्टिमेन्ट उत्पन्न गराएको दिल्लीको आरोप छ ।
अहिले स्थिति नरम भएको छ र काठमाडौँ पुरानो शृंखलालाई बिर्सिएर अगाडि बढ्न चाहन्छ । तर, महत्वपूर्ण के छ भने गत सेप्टेम्बरमा संविधान जारी गरेपछि काठमाडौँले विश्वलाई दिएको म्यासेजलाई भारतले बिर्सिएको छैन् ।


चार बुदेँ रोडम्याप
गत डिसेम्बरमा सम्बन्धमा ‘रिएप्रोच’ गरिएको थियो । नेपाल सरकारले पहिला सुधारको कदम उठायो र लचकता देखायो । नेपाल सरकारले अच्चमित तवरले विरोधी मधेसीको सट्टा दिल्लीलाई चारबुदेँ प्रस्ताव पठायो । यसमा संविधान संशोधन गर्ने र मधेसीहरुको राजनैतिक प्रतिनिधित्व सुनिश्चित गर्ने कुरा समावेश छ । त्यस्तै सिमाङकन तथा नागरिकता सम्बन्धी विषयालाई समेत तीन महिनाभित्र टुंग्याउने उल्लेख छ । यतिबेलासम्म मधेसीहरुलाई यो प्रस्ताव यति अगाडि बढ्छ भन्ने लागेको थिएन । उनीहरुले अन्तरिम संविधानको शक्तिका आधारमा संशोधनको विषय निकालेका थिए । तर, दिल्लीले विपक्षी तथा मिडियाहरुबाट नेपाल मामिलामा चुकेको आरोप खेपिरहनुपरेको थियो । नेपालको पहाडी क्षेत्रमा भारत विरोधी मानसिकता बढ्दै गएको भन्दै राजनीतिक नेतृत्वलाई सम्बन्ध सुधार्नुपर्ने दबाब आइरहेको थियो । मधेसी नेताहरुको नेतृत्वप्रति पनि भारतले शंका ग¥यो । त्यस्तै, नेपाली जनताले पनि निरन्तरको अस्थिरताबाट मुक्ती पाएका थिए । त्यसका बाबजुद संस्थापन पक्षका केहीले अझैँ यो कोर्स कायम रहनुपर्ने समेत बताएका थिए किनकि समस्या जस्ताको तस्तै छ । मधेसीहरु फेरि आन्दोलनमा उत्रन सक्छन् किनकी संविधानमा अहिलेसम्म उनीहरुले अपनत्व देखेका छैनन् । यसका बाबजुद भारतीय विदेशमन्त्री सुष्मा स्वराज आफैँले नेपाल सरकारको संविधान संशोधन गर्ने प्रस्तावको स्वागत गरिन् । नेपाल सरकारले रोडम्यापअनुसार दुईवटा संशोधन प्रस्ताव पास गरेको छ । यसअनुसार कम्तिमा पनि १ सय ६५ सिटमध्ये ७९–८० सिट तराईले पाउनेछ । यदी यस्तो भयो भने यो सकारात्मक हो ।
अहिले तराईको आन्दोलन कमजोर भएको छ । त्यस्तै नाकाबन्दी खुलेको छ । तर सधैँका लागि यस्तो अवस्था नहुन सक्छ किनकि अझैँ पनि मधेसी सडक र मधेसी जनताले संविधानलाई आफ्नो मानेका छैनन् ।

देखावटी मित्रता
भारत र नेपाल दुबैले यस भ्रमणमार्फत आफ्नो सफलता देखाउन खोजेका छन् । दिल्लीले आफ्नो घरभित्रका आलोचकहरुलाई के देखाउन खोजेको छ भने नेपाल सँगको सम्बन्ध कहिल्यै बिग्रदैँन । ओलीले पहिला भारत आउनुपर्छ र उनलाई राम्रो व्यवस्थापनसहित उच्च सम्मान दिइनेछ ।
यता ओलीले नेपालमा आफ्नो राष्ट्रवादी अडान कायम राखेर पनि राष्ट्रपति भवनमा सम्मानित भएको देखाउन खोजेका छन् । अन्त्यमा दुबै पक्षले ‘अल इज वेल भन्नेछन् ।’
तर भारतले के संझनुपर्छ भने मधेसी र थारुहरुको समस्या समाधान भएको छैन् । ६ महिनासम्मको आन्दोलन अन्त्यपछि पुरै तराईका जनता उग्रवादी भएका छन् । उनीहरुले अब न काठमाडौँ भनेको सुन्न तयार छन् , न त दिल्लीले भनेकै मान्न तयार छ छन् । तराईको पुस्ता अब आफूलाई समान नागरिक सरह व्यवहार होस् भन्ने चाहन्छन् । पूरै नेपालको शक्ती–संरचनामा आफ्नो भूमिका खोज्दैछ । रोटी–बेटी सम्बन्ध टिकाउन नागरिकता सम्बन्धी कानून स्पष्ट भएको हेर्न चाहन्छ । आफ्नो जनसंख्या अनुसारको प्रतिनिधित्व खोज्न चाहन्छ । यदी यस्तो भएन भने फेरि नेपालको सिमा क्षेत्रमा समस्या सूरु हुनेछ । यसले भारतलाई पनि असर गर्नेछ ।
त्यसैले देश देशबीचको सम्बन्ध सुधार हुदैँ गर्दा दिल्लीले ओलीलाई विनम्रताका साथ के भन्न जरुरी छ भने अहिलेसम्म सबै ठीक भएको छैन् । समस्या सबै बिर्सन सकिन्न ।
भारतले नेपालको संविधानलाई महत्वपूर्ण कदम भनिरहदाँ के पनि काठमाडौँलाई सम्झाउनु आवश्यक छ भने यो संविधानले अझै फराकिलो दायरा खोज्नुपर्छ । धेरैले अपनत्व गर्नुपर्छ । तराईमा जारी समस्याको समाधान नभएसम्म फेरि आन्दोलन हुनसक्ने कुरा बुझाउनुपर्छ । नेपालले भारतलाई दिएको रोडम्यापलाई दिल्लीले नजिकबाट हेर्ने बताउनुपर्छ । भारतले ओलीको कार्यशैली तथा राजनैतिक समितिप्रति बेखुसी जनाउँदै यसमा सबै स्टेकहोल्डरको सहभागिता रहनुपर्ने बताउनुपर्छ । यस्तो हुन सकेन भने आन्तरिक अन्यौलताले फेरि दैत्य सम्बन्धमा असर गर्नेछ । ओलीलाई स्वागत गर र उनलाई राम्रो सम्मान देउ । तर सावधान रहनु र उनलाई ब्ल्याङ चेक नदिनू ।
(हिन्दूस्तान टाइम्सबाट संशोधित अंश)

0 Response to "हिन्दुस्तान टाइम्सले मधेसलाई उचाल्दै लेख्यो”नेपाल-भारत सम्बन्ध देखावोटी- ओलीलाई स्वागत गर तर साबधान!” – "

Post a Comment

Popular Posts

Popular Posts