अमेरिकामा चालक बिना नै चल्ने गुगल कार दुर्घटना

मिडिया एनपी, काठमाडौं, १८ फागुन । अमेरिकाको क्यालिफोर्नियामा विना चालक चल्ने गुगल कार परीक्षणका क्रममा दुर्घटनामा परेको छ । परीक्षणको क्रममा एक बससँग ठोक्किन पुगेको बिबिसिले उल्लेख गरेको छ ।

आफैं चल्ने कार सार्वजनिक सडकमा अन्य सवारी साधनसँग ठोकिएको यो पहिलो घटना भएको पनि बताइएको छ । सो दुर्घटनाको माउन्ट भ्यूस्थित गुगलको मुख्यालयको आसपासमा दुई हप्ता अघि भएको हो । बिना ड्राइभर चल्ने गाडी बालुवाको बोराहरु नजिकबाट गइरहेको गाडीसँग ठोकिएको हो । दुर्घटनामा कसैलाई चोटपटक भने लागेको छैन ।

बसलाई ठक्कर दिने बेलामा गुगल कार तीन किलो मिटर प्रतिघण्टाको रफ्तारमा गुडेको थियो भने बस २४ किलो मिटरको प्रति घण्टाको गतिमा चलेको थियो । गुगल कारमा रहेका मानिसका अनुसार बसले गति कम गर्ने आफ्नो सोचाई गलत भएको बताएका छन् । उनले बसले गति कम गर्ने सोचाइका कारण सेल्फ ड्राइभिङ कम्प्युटर आफुले नचलाएको बताए । तर बस उही रफ्तारमा चलिरह्यो ।

घटनापछि गुगलका अधिकारीले क्यालिफोर्नियामा रहेको यातायात व्यवस्था विभागमा के कस्तो कारणले दुर्घटना भएको हो भन्ने विषयमा छलफल गर्ने जनाएका छन् ।

- See more at: http://medianp.com/2016/03/80815.html#sthash.WC30hFIC.dpuf

0 Response to "अमेरिकामा चालक बिना नै चल्ने गुगल कार दुर्घटना"

Post a Comment

Popular Posts

Popular Posts