झर्दा, पानीमा डुब्दा केही नहुने आइफोन सेभेन आउँदै (भिडियो सहित)





मिडिया एनपी, काठमाडौं । पछिल्लो केही समय यता अमेरिकन टेक कम्पनी एपलको नयाँ आइफोन सेभेन आउने खबर आइरहेको छ । हालैको खबर अनुसार आइफोन सेभेन लङ्ग डिस्टेन्स वायरलेस चार्जिङ्गको हुनेछ ।

साथै सार्वजनिक भिडियोमा आइफोन सेभेनमा प्यारासुट सिस्टम हुने दावी गरिएको छ । यस सिस्टमको मद्दतले आइफोन सेभेन काहीँबाट झरेपनि यसको डिस्प्ले नफुट्ने तथा नविग्रिने भन्दै फोनको ब्याक साइड जमीनामा झर्न दावी गरिएको छ ।

यसका लागि फोनमा एक चिप लगाइएको हुन्छ जुन प्रोक्जिमिटी सेन्सर लेस हुन्छ । प्रोक्जिमिटी सेन्सर अबजेक्टबाट दूरीको पत्ता लगाउन सकिन्छ । यो सेन्सरको लागि CO2 (कार्बनडाइ अक्साइड) चेम्बर हुन्छ । जसको मद्दतले सेन्सरको काम गर्छ । भिडियो देखाइएको छ की आइफोन सेभेन CO2 ग्याँसबाट चार्ज हुन्छ ।

जापानी ब्लग माकोटाकाराको दावी अनुसार नयाँ स्मार्टफोन आइफोन सेभेन १ एमएम भन्दा पनि पातलो बनाउन एप्पल ३.५ एमएम मोटाइवाला अडियोज्याकको ह्याण्डसेट हटाउन सकिन्छ । आइफोनको अघिल्लो ह्याण्डसेटमा थ्रि जिवी र्याम, ५.५ इन्चको डिस्प्ले हुनेछ । आइफोन सेभेन वाटरप्रुफ हुनेछ ।

0 Response to "झर्दा, पानीमा डुब्दा केही नहुने आइफोन सेभेन आउँदै (भिडियो सहित) "

Post a Comment

Popular Posts

Popular Posts