विमल सहित ३ नेपाली खेलाडी स्पेनी क्लबमा अनुबन्धित



मिडिया एनपी, काठमाडौं, १८ फागुन ।नेपाली तीन जना खेलाडीलाई स्पेनको मार्बेला युनाइटेड क्लवले अनुबन्धित गरेको छ ।

स्पेनको तेस्रो डिभिजन क्लब मार्बेला युनाइटेडले नेपालका तीन राष्ट्रिय फुटबल खेलाडी विमल घर्तिमगर, अन्जन विष्ट र अनन्त तामाङलाई औपचारिक रुपमा अनुबन्धित गरेको आफ्नो फेसबुक पेज मार्फत जनाएको छ ।

तीनैजना खेलाडीलाई मार्बेला क्लबले आफ्नो सन् २०१६ को यूरोपियन टुर अन्तरगत जर्मनी, होल्यान्ड र बेल्जियममा हुने खेलका लागि अनुबन्धित गरेको बताएको छ ।

0 Response to "विमल सहित ३ नेपाली खेलाडी स्पेनी क्लबमा अनुबन्धित"

Post a Comment

Popular Posts

Popular Posts