सती प्रथाको झल्को दिने गरी जलिरहेको चितामा हाम फालेर ज्यान गुमाए मानबहादुरले -



जाजरकोट, १८ फागुन । सती प्रथा अन्त्य भएको करिब १ शताब्दी पुग्नै लाग्दा जाजरकोटका एक पुरुषले सोही शैलीमा आत्मदाह गरेका छन् ।

कालगतीले मृत्यु भएका दिलवर खत्रीको चिता जलीरहेको स्थानमा गई थालारैकर–८ का ६० वर्षीय मानबहादुर थापाले दन्कीरहेको आगोमा हाम फालेर आफ्नो प्राण त्यागेका हुन् ।

यो घटनाले कालीकोटबासी समेत अचम्मित बनेका छन् । लास जलिरहेको अवस्थामा एक्कासि थापाले हामफाले पछि प्रत्यक्षदर्शीले निकाल्न खोज्दा खोज्दै उनले प्राण त्यागेको कालीकोट प्रहरीले जनाएको छ ।

0 Response to "सती प्रथाको झल्को दिने गरी जलिरहेको चितामा हाम फालेर ज्यान गुमाए मानबहादुरले - "

Post a Comment

Popular Posts

Popular Posts