सिंहदरवार नजिक भेटिएको बस्तु बम नभएको पुष्टि



मिडिया एनपी, काठमाडौं, १८ फागुन । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार नजिक फेला परेको शंकास्पद बस्तु बम नभएको पुष्टि भएको छ ।

मंगलबार मध्यान्ह हनुमानथाबाट सिंहदरबारको दक्षिणी गेट तर्फ जाने बाटोको सिद्धार्थ इन्सुरेन्सको भवन अगाडि भेटिएको शंकास्पद वस्तु बम नभएर पानी प्युरिफाई गर्ने पप्प भएको प्रहरीले पुष्टि गरेको छ ।

पानी प्युरिफाई गर्ने पप्पलाई सर्वसाधारणले शंकास्पद वस्तु ठानी प्रहरीलाई खबर गरेपछि नेपाली सेनाको बम डिस्पोजल टोली समेत घटनास्थल पुगेको थियो ।

0 Response to "सिंहदरवार नजिक भेटिएको बस्तु बम नभएको पुष्टि"

Post a Comment

Popular Posts

Popular Posts